सबै प्रदेशमा स्वास्थ्यबाट सचिव पठाउने तयारी

67

सकुशल खवर..२०७८ बैशाख १९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर देशब्यापी बनेसँगै प्रदेशस्तरमा संक्रमण रोकथाम, नियन्त्रण प्रभावकारी बनाउन सचिव पठाउने तयारी भएको छ ।

प्रदेशमा सचिवका बनाएर पठाउन मन्त्रालयले १२ जना स्वास्थ्यका सम्भावित उच्च अधिकारीको नाम सामान्य प्रशासन मन्त्रालय पठाउने तयारी गरेको छ । स्रोतकाअनुसार सामान्यले १२ नाम मागेपनि स्वास्थ्यले त्यो भन्दा बढी नामहरू पठाउने तयारी गरेको छ ।

स्वास्थ्यले डा. भिमसिंह तिंकरी, डा. गुणराज लोहनी, सुनिल शर्मा, डा. कृष्ण पौडेल, डा. विकास देवकोटा, डा. तारा पोखरेल, डा. वासुदेव उपाध्याय, डा. रुणा झा, डा. संगीता मिश्र, डा. श्यामसुन्दर यादव, डा. श्रीकृष्ण श्रेष्ठ, डा. आरपी बिच्छा, डा. सदेश सुवेदी, डा. सुधा देवकोटा, डा. गुणराज अवस्थी, गोमा निरौला र नारायण ढकालका नाममा छलफल चलिरहेको छ ।