नेपाली नर्स तथा मिडवाइफलाई अन्तराष्ट्रिय अवार्डका लागि प्रतिस्पर्धा गर्ने अवसर

83

सकुशल खवर.. 
२०७८ बैशाख २०, काठमाडौं । थाईल्याण्डको प्रिन्सेस सृनागारारिन्द्र अवार्ड २०२१ का लागि नेपाली नर्स तथा मिडवाइफलाई ३० हजार डलरको अन्तराष्ट्रिय अवार्डका लागि प्रतिस्पर्धा गर्ने अवसर जुटेको छ ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अवार्डमा प्रतिस्पर्धाका लागि १५ दिन भित्र आफ्नो महाशाखाको इमेलमा आवश्यक काजगात पेश गर्न सूचना निकालेको छ । उपचारमा खटाउन, प्रयोगशालाहरुलाई चौविसै घण्टा पीसीआर परीक्षण सञ्चालनको व्यवस्था मिलाउने तथा अस्पतालहरुलाई भर्ना तथा रिफर, जटिल तथा सामान्य केशहरुको व्यवस्थापन गरी टयाज व्यवस्था मिलाउन भनेको छ ।

नेपालमा नर्सिङ, मिडवाइफ्री तथा सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुरयाउने एक जना नर्स वा रजिष्टर्ड मिवडाईफ वा रजिष्टर्ड नर्स मिडवाइफको एउटा समूहले भाग लिन सक्ने बताइएको छ ।