मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुग्यो

133

सकुशल खवर.. 
२०७८ बैशाख २०, काठमाडौं । मुलुकभर नयाँ ७ हजार ४४८ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ८६ हजार १५ जना संक्रमित निको भइसकेका छन् । हाल क्वारेनटीनमा २१२ जना, आइसीयूमा ५७८र भेन्टीलेटरमा १४२ जना उपचाररत छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा १६ हजार ६ सय ५८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ हजार ३ सय ८८ जना र ५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ६० जना गरी थप ७ हजार ४ सय ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।