मुलुकभरमा कोभिड १९ संक्रमित ४ लाख ३१ हजार १९२ पुग्यो

125

सकुशल खवर.. 
२०७८ बैशाख ३०, काठमाडौं । मुलुकभर नयाँ ८ हजार ९६० जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९२ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ३ लाख, २१ हजार, ५१८ जना पुगेका छन । हाल क्वारेनटीनमा ४९७ जना, आइसीयूमा १ हजार ३८१ र भेन्टीलेटरमा ३८० जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ४ सय ७४ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण र ७७१ जनाको एन्टीजेन परीक्षण गर्दा थप ८ हजार ९६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ हजार ४६६ जना पुगेको छ ।