मुलुकभरमा कोभिड १९ संक्रमित ४ लाख ३९ हजार ६५८ पुग्यो

96

सकुशल खवर.. 
२०७८ बैशाख ३१, काठमाडौं । मुलुकभर नयाँ ८ हजार ५२० जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ३ लाख २७ हजार ६५३ जना पुगेका छन । हाल क्वारेनटीनमा ५१६ जना, आइसीयूमा १ हजार ३३४ र भेन्टीलेटरमा ३७१ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९ सय ४८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ४६७ र ५३० जनाको एन्टीजेन परीक्षण गर्दा ५३ गरी थप ८ हजार ५२० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २०३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ हजार ६६९ जना पुगेको छ ।