मुलुकभरमा कोभिड १९ संक्रमित ४ लाख ४७ हजार ७०४ जना पुग्यो

61

सकुशल खवर.. 
२०७८ जेष्ठ १ , काठमाडौं । मुलुकभर नयाँ ८ हजार १६७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ३ लाख ३३ हजार १०८ जना पुगेका छन । हाल क्वारेनटीनमा ६७५ जना, आइसीयूमा १ हजार ३३१ र भेन्टीलेटरमा ३७० जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९ सय ७१ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ४६ र ५७७ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २१ गरी थप ८ हजार १६७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १८७ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ हजार ८५६ जना पुगेको छ ।