मुलुकभरमा कोभिड १९ संक्रमित ६ लाख १० हजार ५२१ जना पुग्यो

56

सकुशल खवर.. 
२०७८ जेष्ठ ३१, काठमाडौं । मुलुकभर नयाँ २ हजार ९१८ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ६ लाख १० हजार ५२१ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ५ लाख ३६ हजार २५२ जना पुगेका छन । हाल आइसीयूमा ९९५ जना र भेन्टीलेटरमा ३२४ जना संक्रमित उपचाररत रहेको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशालामा ९ हजार ४३८ जनाको पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ८१९ जनाको कोभिड– १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ९ सय १८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८ हजार ४६५ सय जना पुगेको छ ।