मुलुकभरमा कोभिड १९ संक्रमित ६ लाख १४ हजार २१६ जना पुग्यो

36

सकुशल खवर.. 
२०७८ असार २ , काठमाडौं । मुलुकभर नयाँ २ हजार ८२८ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ६ लाख १४ हजार २१६ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ५ लाख ४३ हजार ५२१ जना पुगेका छन । हाल स्पतालका आइसीयूमा ९०२ जना र भेन्टीलेटरमा २७९ जना संक्रमित उपचाररत रहेको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशालामा ८ हजार ६८७ जनाको पीसीआर र ४ हजार ३३५ जनाको एन्टीजेन विधिबाट गरी कुल १३ हजार २२ जनाको कोभिड९ १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ८ सय २८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ५२ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८ हजार ५५८ सय जना पुगेको छ ।