मुलुकभरमा कोभिड १९ संक्रमित ६ लाख १५ हजार ९८४ जना पुग्यो

63

सकुशल खवर.. 
२०७८ असार ३ , काठमाडौं । मुलुकभर नयाँ २ हजार ६०७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १४१ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ५ लाख ४५ हजार ६६२ जना पुगेका छन । हाल स्पतालका आइसीयूमा ९०२ जना र भेन्टीलेटरमा २७९ जना संक्रमित उपचाररत रहेको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशालामा ७ हजार ७ सय ११ जनाको पीसीआर र ४ हजार ७ सय ७३ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ४ सय ८४ जनाको परीक्षणबाट कुल २ हजार ६ सय ७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३९ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८ हजार ५९७ सय जना पुगेको छ ।