मुलुकभरमा कोभिड १९ संक्रमित ६ लाख ८७ हजार १९५ जना पुग्यो

246

सकुशल खवर.. 

२०७८ असार २२, काठमाडौं । मुलुकभर नयाँ २ हजार ६३४ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ६ लाख ८७ हजार १९५ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख १२ हजार ९९४ जना पुगेका छन । हाल आइसीयूमा ५६७ र भेन्टीलेटर १७१ जना संक्रमित उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ७ हजार ५०३ जनाको पीसीआर बिधिबाट र ५ हजार ८२ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ५ सय ८५ जनाको कोभिड १९ परीक्षणबाट कुल २ हजार ६३४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार २६३ सय जना पुगेको छ ।