मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ८३१ जना थप

79

सकुशल खवर.. 

२०७८ असार २७, काठमाडौं । मुलुकभर नयाँ १ हजार ८३१ जना कोरोना संक्रमण थप भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार १७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख १९ हजार ८९४ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला पीसीआर बिधिबाट ५ हजार ५ सय ३५ जनाको पीसीआर बिधिबाट र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट गरी कुल ९ हजार २ सय १८ जनाको कोभिड १९ परीक्षणबाट कुल १ हजार ८ सय ३१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २० जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ३८२ सय जना पुगेको छ ।