मुलुकभरमा कोभिड १९ संक्रमित संख्या ७ लाख १ हजार ४५८ जना पुग्यो

105

सकुशल खवर.. २०७८ असार २८, काठमाडौं । मुलुकभर नयाँ २ हजार ३७० जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ७ लाख १ हजार ४५८ जना पुग्यो । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १३३ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख २१ हजार २७ जना पुगेका छन । हाल आइसीयूमा ५४९ र भेन्टीलेटरमा १६३ ना ा संक्रमित उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला पीसीआर बिधिबाट ७ हजार ६ सय ८९ जनाको पीसीआर बिधिबाट र ३ हजार ८ सय ९५ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ५ सय ८४ जनाको कोभिड १९ परीक्षणवाट कुल २ हजार ३ सय ७० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १८ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ४०० सय जना पुगेको छ ।