मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ३९८ जना थप

101

सकुशल खवर.. 

२०७८ असार २९, काठमाडौं । मुलुकभर नयाँ २ हजार ३९८ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार २६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७८ जना उपचारपछि निको भएका छन । हाल अस्पतालका आइसीयूमा ५८६ र भेन्टीलेटरमा १८२ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला पीसीआर बिधिबाट ७ हजार ५८ जनाको पीसीआर बिधिबाट र ३ हजार ९ सय ५४ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार १२जनाको कोभिड १९ परीक्षणबाट कुल २ हजार ३ सय ९८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ४१२ सय जना पुगेको छ ।