114

सकुशल खवर.. मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ९०५ जना थप

२०७८ असार ३०, काठमाडौं । मुलुकभर नयाँ २ हजार ९०५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख २४ हजार ७७१ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला पीसीआर बिधिबाट ८ हजार १०८ जनाको पीसीआर परीक्षण गर्दा २०१० जनामा पोजेटिभ र ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा पोजेटिभ गरी कुल २ हजार ९०५ जनामा पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १८ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ४३० जना पुगेको छ ।