मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ९३६ जना थप

43

सकुशल खवर.. 

२०७८ साउन १ काठमाडौं । मुलुकभर नयाँ २ हजार ९३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख २८ हजार २४३ जना पुगेका छन । हाल अस्पतालका आइसीयूमा ५७८ र भेन्टीलेटरमा १७४ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ९ हजार ६ सय १३ जनाको पीसीआर बिधिबाट र ४ हजार ५ सय ६९ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार १ सय ८२ जनाको कोभिड १९ सो परीक्षणबाट कुल २ हजार ९ सय ३६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ७७५ जना पुगेको छ ।