मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ८७५ जना थप

43

सकुशल खवर.. 

२०७८ साउन २, काठमाडौं । मुलुकभर नयाँ १ हजार ८७५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १६४ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ३० हजार ४०७ जना पुगेका छन । हाल अस्पतालका आइसीयूमा ५८३ र भेन्टीलेटरमा १७६ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ६ हजार ८ सय ५८ जनाको पीसीआर बिधिबाट र ३ हजार २ सय ८ जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार ६६ जनाको कोभिड १९ परीक्षणबाट कुल १ हजार ८ सय ७५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ७९६ जना पुगेको छ ।