मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ४४५ जना थप

51

सकुशल खवर.. 

२०७८ साउन ४, काठमाडौं । मुलुकभर नयाँ २ हजार ४४५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २५८ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेका छन । हाल अस्पतालका आइसीयूमा ५६४ र भेन्टीलेटरमा १५५ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ७ हजार ८ सय ३३ जनाको पीसीआर बिधिबाट र ३ हजार ८ सय ३१ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ६ सय ६४ जनाको कोभिड १९ परीक्षणवाट २ हजार ४ सय ४५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ५८२ जना पुगेको छ ।