मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार १०८ जना थप

73

सकुशल खवर.. 

२०७८ साउन ५, काठमाडौं । मुलुकभर नयाँ ३ हजार १०८ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेका छन । हाल अस्पतालका आइसीयूमा ५९२ र भेन्टीलेटरमा १७२ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ८ हजार ८ सय ३६ जनाको पीसीआर बिधिबाट र ४ हजार २ सय ९९ जनाको एन्टीजेन विधिबाट गरी कुल १३ हजार १ सय ३५ जनाको कोभिड १९ परीक्षणबाट ३ हजार १ सय ८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०७ जना पुगेको छ ।