मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ७१४ जना थप

69

सकुशल खवर.. 

२०७८ साउन ७, काठमाडौं । मुलुकभर नयाँ २ हजार ७१४ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८८ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ३७ हजार ६९० जना पुगेका छन । हाल आइसीयूमा ६३५ र भेन्टीलेटरमा १७२ जना संक्रमित उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ९ हजार १ सय २२ जनाको पीसीआर बिधिबाट र ३ हजार ७ सय ७ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ८ सय २९ जनाको कोभिड १९ परीक्षणबाट २ हजार ७ सय १४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २४ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६६१ जना पुगेको छ ।