मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ९७७ जना थप

51

सकुशल खवर.. 

२०७८ साउन ८, काठमाडौं । मुलुकभर नयाँ २ हजार ९७७ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ३९ हजार ३६८ जना पुगेका छन । हाल आइसीयूमा ६८२ र भेन्टीलेटरमा १७५ जना संक्रमित उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १३ हजार ६ सय ९८ जनाको पीसीआर बिधिबाट र ३ हजार ६ सय १० जनाको एन्टीजेन विधिबाट गरी कुल १७ हजार ३ सय ८ जनाको कोभिड १९ परीक्षणबाट २ हजार ९ सय ७७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १८ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६७९ जना पुगेको छ ।