मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार ४२१ जना थप

54

सकुशल खवर..

२०७८ साउन ११, काठमाडौं । मुलुकभर नयाँ ३ हजार ४२१ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेका छन । हाल आइसीयूमा ६६९ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १२ हजार २ सय ४० जनाको पीसीआर बिधिबाट र ५ हजार ३२ जनाको एन्टीजेन विधिबाट गरी १७ हजार २ सय ७२ जनाको कोभिड १९ परीक्षणबाट ३ हजार ४ सय २१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ७३८ जना पुगेको छ ।