मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार ८९९ जना थप

58

सकुशल खवर.. २०७८ साउन १२, काठमाडौं । मुलुकभर नयाँ ३ हजार ८९९ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ४७ हजार ७९ जना पुगेका छन । हाल आइसीयूमा ६११ र भेन्टीलेटरमा १७१ जना संक्रमित उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १२ हजार ६ सय ५५ जनाको पीसीआर बिधिबाट र ४ हजार ८ सय ६३ जनाको एन्टीजेन विधिबाट गरी १७ हजार ५ सय १८ जनाको कोभिड १९ परीक्षणबाट ३ हजार ८ सय ९९ जनाको कोरोना रिपोट पोजेटिभ पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २० जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ७५८ जना पुगेको छ ।