मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार ८४० जना थप

74

सकुशल खवर..

२०७८ साउन १३, काठमाडौं । मुलुकभर नयाँ ३ हजार ८४० जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ४९ हजार ७२ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १० हजार ८ सय ८६ जनाको पीसीआर बिधिबाट र ४ हजार ९ सय २२ जनाको एन्टीजेन विधिबाट गरी १५ हजार ८ सय ८ जनाको कोभिड १९ परीक्षणबाट ३ हजार ८ सय ४० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार ७९१ जना पुगेको छ ।