मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार २६० जना थप

162

सकुशल खवर.. 

२०७८ साउन २८, काठमाडौं । मुलुकभर नयाँ ३ हजार २६० जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार १८० पुगेको छ । हाल आइसीयूमा ७३७ र भेन्टीलेटरमा १८३ जना संक्रमित उपचाररत रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २९४ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १० हजार ८ सय ६ जनाको पीसीआर बिधीबाट र ४ हजार ६ सय ५६ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ४ सय ६२ जनाको नमुना परीक्षणवाट ३ हजार २६० जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार २१२ जना पुगेको छ ।