मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार ९१५ जना थप

161

सकुशल खवर.. 

२०७८ साउन २९, काठमाडौं । मुलुकभर नयाँ ३ हजार ९१५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ । हाल आइसीयूमा ७३६ र भेन्टीलेटरमा १८६ जना संक्रमित उपचाररत रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ११८ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ११ हजार ७ सय ८ जनाको पीसीआर बिधीबाट र ६ हजार ८ सय ७४ जनाको एन्टीजेन बिधिबाट गरी कुल १८ हजार ५ सय ८२ जनाको नमुना परीक्षणवाट ३ हजार ९१५ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २७ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार २३९ जना पुगेको छ ।