मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार ४५१ जना थप

126

सकुशल खवर.. 

२०७८ साउन ३२ काठमाडौं । मुलुकभर नयाँ ३ हजार ४५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ पुगेको छ । हाल आइसीयूमा ७९५र भेन्टीलेटरमा १९७ जना संक्रमित उपचाररत रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ८५ हजार १४० जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १० हजार ९३ जनाको पीसीआर बिधीबाट र ५ हजार ५१८ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ६११ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ जना पुगेको छ ।