मुलुकभरमा कोभिड १९ संक्रमित ३ हजार ४०३ जना थप

32

सकुशल खवर.. २०७८ भदौ २ काठमाडौं । मुलुकभर नयाँ ३ हजार ४०३ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १०४ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ८९ हजार १७३ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ११ हजार ८३९ जनाको पीसीआर बिधीबाट र ४ हजार ९९९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार ८३८ जनाको नमुना परीक्षण मध्ये ३ हजार ४०३ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४२ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार ३६९ जना पुगेको छ ।