मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ७५ जना थप

24

सकुशल खवर.. 

२०७८ भदौ ५ काठमाडौं । मुलुकभर नयाँ २ हजार ७५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ । हाल सघन उपचार कक्षा ७१८ र भेन्टीलेटरमा १६६ उपचारत छन ।

पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ७ हजार ७०३ जनाको पीसीआर बिधीबाट र ५ हजार ३७२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ७५ जनाको नमुना परीक्षणवाट २ हजार ७५जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३० जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार ४८५ जना पुगेको छ ।