मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ६५ जना थप

213

सकुशल खवर.. 

२०७८ भदौ ११ काठमाडौं । मुलुकभर नयाँ २ हजार ६५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ पुगेको छ । हाल सघन उपचार कक्षमा ६२२ र भेन्टीलेटरमा १७१ जना संक्रमित उपचाररत रहेका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ८ हजार २३० जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ८ हजार ७५२ जनाको पीसीआर बिधीबाट र ४ हजार ३६५ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ११७ जनाको नमुना परीक्षणवाट २ हजार ६५ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ जना पुगेको छ ।