मुलुकभरमा कोभिड १९ संक्रमित २ हजार ४ जना थप

13

सकुशल खवर.. 

२०७८ भदौ १७ काठमाडौं । मुलुकभर नयाँ २ हजार ६५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ पुगेको छ । हाल सघन उपचार कक्षमा ५४४ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख २१ हजार १८२ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १० हजार ६५८ जनाको पीसीआर बिधीबाट र ३ हजार ९९२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ६५० जनाको नमुना परीक्षणवाट २ हजार ४ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार ७८६ जना पुगेको छ ।