मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ६७७ जना थप

393

सकुशल खवर.. 
२०७८ भदौ २२ काठमाडौं । मुलुकभर नयाँ १ हजार ६७७ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ पुगेको छ । हाल सघन उपचार कक्षमा ५१४ र भेन्टीलेटरमा १५४ जना संक्रमित उपचाररत रहेका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ७२ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ३३ हजार १६१ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ११ हजार १ सय ११ जनाको पीसीआर बिधीबाट र ३ हजार ९ सय २३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ३४ जनाको नमुना परीक्षणवाट १ हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार ८८९ जना पुगेको छ ।