मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ४८६ जना थप

40

सकुशल खवर.. 
२०७८ भदौ २८ काठमाडौं । मुलुकभर नयाँ १ हजार ४८६ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३६० पुगेको छ । हाल सघन उपचार कक्षमा ४७५ र भेन्टीलेटरमा १३४ जना संक्रमित उपचाररत रहेका छन्।
पछिल्लो २४ घण्टामा २ हजार २६० जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ४० हजार ७१७ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १२ हजार ५३२ जनाको पीसीआर बिधीबाट र ४ हजार ७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार ५३९ जनाको नमुना परीक्षणबाट १ हजार १४९ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३३७ जना गरी आज कुल १ हजार ४८६ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार ९६५ जना पुगेको छ ।