मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ९५ जना थप

36

सकुशल खवर..

२०७८ असोज ४ काठमाडौं । मुलुकभर नयाँ १ हजार ९५ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ पुगेको छ । हाल सघन उपचार कक्षमा ३७१ र भेन्टीलेटरमा १०८ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ९५६ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ५२ हजार १७० जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १० हजार ७८६ जनाको पीसीआर बिधीबाट र ३ हजार ३३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ८१७ जनाको पीसीआर बाट ९७५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १२० जना गरी आज कुल १ हजार ९५ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८ जना पुगेको छ ।