मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ३३० जना थप

43

सकुशल खवर.. 
२०७८ असोज ५ काठमाडौं । मुलुकभर नयाँ १ हजार ३३० जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ पुगेको छ । हाल सघन उपचार कक्षमा ३३५र भेन्टीलेटरमा १०७ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८३० जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ५४ हजार जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ९ हजार ६२६ जनाको पीसीआर बिधीबाट र ३ हजार ९९६ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ६२२ जनाको नमुनाबाट १ हजार ३६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २९४ जना गरी आज कुल १ हजार ३३० जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५३ जना पुगेको छ ।