मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ४७८ जना थप

28

सकुशल खवर.. 
२०७८ असोज ६ काठमाडौं । मुलुकभर नयाँ १ हजार ४७८ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार १३९ पुगेको छ । हाल सघन उपचार कक्षमा ३३४ र भेन्टीलेटरमा ११९जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६३० जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ५५ हजार ६३० जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ११ हजार ६६७ जनाको पीसीआर बिधीबाट र २ हजार ८६३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ९३० जनामा पीसीआर बाट १ हजार २५१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २२७ जना गरी आज कुल १ हजार ४७८ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ जना पुगेको छ ।