मुलुकभरमा कोभिड १९ संक्रमित १ हजार ६६ जना थप

306

सकुशल खवर.. 
२०७८ असोज १५ काठमाडौं । मुलुकभर नयाँ १ हजार ६६ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ । हाल सघन उपचार कक्षमा ३५४ र भेन्टीलेटरमा ११६ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९३८ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ६६ हजार ६९६ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १० हजार ११३ जनाको पीसीआर बिधीबाट र ३ हजार २५५ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ३६८ जनाबाट ९९८ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६८ जना गरी आज कुल १ हजार ६६ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार १४८ जना पुगेको छ ।