मुलुकभरमा कोभिड १९ संक्रमित ६७९ जना थप

297

सकुशल खवर.. 
२०७८ असोज १७ काठमाडौं । मुलुकभर नयाँ ६७९ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ पुगेको छ । हाल सघन उपचार कक्षमा ३३७ र भेन्टीलेटरमा १०४ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४०५ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ६९ हजार २२४ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ७ हजार ७० जनाको पीसीआर बिधीबाट र ३ हजार ८५० जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ९२० जनाको पीसीआर बाट ५७४ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २१०५ जना गरी आज कुल ६७९ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार १६४ जना पुगेको छ ।