मुलुकभरमा कोभिड १९ संक्रमित ५९६ जना थप

305

सकुशल खवर.. 
२०७८ असोज २४ काठमाडौं । मुलुकभर नयाँ ५९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार २४ पुगेको छ । हाल सघन उपचार कक्षमा ३२२ र भेन्टीलेटरमा ११३ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८३३ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ७५ हजार ९४३ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ९ हजार २३७ जनाको पीसीआर बिधीबाट र ३ हजार १६७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार ४०४ जना पीसीआर बाट ५६५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १३ जना गरी आज कुल ५९६ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १० जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार २३१ जना पुगेको छ ।