मुलुकभरमा कोभिड १९ संक्रमित ३९१ जना थप

275

सकुशल खवर.. 
२०७८ असोज ३१ काठमाडौं । मुलुकभर नयाँ ३९१ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ । हाल सघन उपचार कक्षमा २९९ र भेन्टीलेटरमा ९८ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६८० जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ८० हजार ७७६ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ६ हजार ९६६ जनाको पीसीआर बिधीबाट र १ हजार १११ जनाको एन्टीजेन बिधिबाट गरी कुल ८ हजार ७७ जनाको नमुना परीक्षणमा पीसीआर बाट ३८५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जना गरी आज कुल ३९१ जनामा संक्रमण पुष्टि आएको हो ।