मुलुकभरमा कोभिड १९ संक्रमित ५१३ जना थप

306

सकुशल खवर.. 
२०७८ असोज ६ काठमाडौं । मुलुकभर नयाँ ५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार ५५९ पुगेको छ । हाल सघन उपचार कक्षमा २६८ र भेन्टीलेटर ८० जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८१७ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ८६ हजार ६३० जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ४ हजार ९७२ जनाको पीसीआर बिधीबाट र १ हजार ९५९ जनाको एन्टीजेन बिधिबाट गरी कुल ६ हजार ९३१ जनाको पीसीआर बाट ४३८ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७५ जना गरी आज कुल ५१३ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ जना पुगेको छ ।