मुलुकभरमा कोभिड १९ संक्रमित ४६९ जना थप

335

सकुशल खवर.. 
२०७८ असोज १६ काठमाडौं । मुलुकभर नयाँ ४६९ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ९ हजार १७४ पुगेको छ । हाल आइसीयूमा २४१ र भेन्टीलेटरमा ७४ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५५५ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ९२ हजार ८३२ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ७ हजार ११५ जनाको पीसीआर बिधीबाट र ३ हजार १७१ जनाको एन्टीजेन बिधिबाटगरी कुल १० हजार २८७ जनाको पीसीआर बाट ४२२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४७ जना गरी आज कुल ४६९ जनामा संक्रमण पुष्टि आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ४२७ जना पुगेको छ ।