मुलुकभरमा कोभिड १९ संक्रमित ५३३ जना थप

152

सकुशल खवर.. 
२०७८ असोज २३ काठमाडौं । मुलुकभर नयाँ ५३३ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ पुगेको छ । हाल आइसीयूमा १९९ र भेन्टीलेटरमा ५५ संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४८४ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना संक्रमणवाट निको भएका संख्या ७ लाख ९६ हजार ३०६ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला १४ हजार ९१८ जनाको पीसीआर बिधीबाट र १ हजार ८१८ जनाको एन्टीजेन बिधिबाटगरी कुल १६ हजार ७३६ जनाको पीसीआर बाट ४४३ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९० जना गरी आज कुल ५३३ जनामा संक्रमण आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ४५४ जना पुगेको छ ।