‘ओरल कलेरा भ्याक्सिन’ कपिलवस्तुको हैजा प्रभावित क्षेत्रमा

273

सकुशल खवर.. 
२०७८ कात्तिक २६ , काठमाडौँ, । विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल आउन लागेको हो।

कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाई लाख बढी बासिन्दाका लागि सरकारले ‘ओरल कलेरा भ्याक्सिन’ दिने भएको छ ।

आगामी आइतबार नेपाल आईपुग्ने उक्त खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ लाख ५२ हजार ३६३ डोज ओरल कलेरा भ्याक्सिने बताएको छ । ती खोपहरु एक साता भित्रै कपिलवस्तुका हैजाप्रभावित पाँचवटा पालिकाका स्थानीयलाई दिईने बताए ।

कपिलवस्तु जिल्लाको कृष्णनगरमा ६० हजार ७४३, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराज नगरपालिकामा ६४ हजार ७७८ जना, बिजयनगरमा ३५ हजार९०३ जना र यसोधरामा ३७ हजार७८३ जना गरी कुल २ लाख ५२ हजार३६३ जना रहेका छन् ।