भारतमा ओमिक्रोन भेरियन्ट

108

सकुशल खवर.. 
२०७८ असोज १६ काठमाडौं । कोभिड –१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा पनि भेटिएको छ । संक्रमितमध्ये एक जनाले कोभिडविरुद्धको दुबै डोज र एक जनाले एक डोज खोप लिएका छन् ।

संक्रमितमध्ये एक जना ६६ बर्षका पुरुष दक्षिण अफ्रिकाबाट फर्केको व्यक्ति हुन् । अर्को एक जना ४६ बर्षका पुरुष भने त्यहिको एक स्थानीय स्वास्थ्यकर्मी रहेको अधिकारीहरुले बताएका छन् । संक्रमित दुबैजना ज्वरो आएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नोभेम्बरमा २६ विश्व स्वास्थ संगठनले दक्षिण अफ्रिकी कोरोना भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गरिदिएको थियो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिदिएको छ । यो भेरियन्ट अहिलेसम्म २९ देशमा देखा परिसकेको जनाएको छ ।