बेलायतमा ओमिक्रोन र डेल्टा भेरियन्ट एकै दिन धेरै संख्यामा थपिए

150

सकुशल खवर.. 
२०७८ पुस १,काठमाडौँ, । बेलायतमा ओमिक्रोन र डेल्टा भेरियन्ट एकै दिन ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनका निकै संक्रामक मानिएको संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् । जोनसन र इङल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस विट्टीले मानिसहरूलाई अनावश्यक रुपमा भेला नहुन अपिल गरेका छन् ।

नयाँ भेरियन्टका संक्रमित बढिरहेका कारण दैनिक संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाउन सक्ने समेत उनको चेतावनी थियो । हालसम्म बेलायतमा ओमिक्रोनबाट १० हजारभन्दा संक्रमित भइसकेका छन् ।