प्रदेशबाट नै स्वास्थ्यको स्तरवृद्धि

401

सकुशल खवर..
२०७८ पुस ४,काठमाडौँ, । प्रदेशबाट नै स्वास्थ्य सेवातर्फको चौथोदेखि छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धि गर्ने गरी स्वास्थ्य सेवा विभागले मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

मन्त्रालय स्रोतकाअनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्यका कर्मचारीहरुको स्तरवृद्धिका लागि प्रदेशलाई जिम्मा दिने विषयमा सामान्य प्रशासन मन्त्रालयलाई सोधेर निर्णय गर्ने तयारी गरेको छ ।

कर्मचारीलाई सहज होस् भने र स्तरवृद्धि सम्बन्धित प्रदेशबाटै हुने गरी प्रस्ताव पठाइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउँछन् ।