मुलुकभरमा कोभिड १९ संक्रमित १८१ जना थप

139

सकुशल खवर.. 
२०७८ पुस ४ काठमाडौं । मुलुकभर नयाँ १८१ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २७१ पुगेको छ । हाल आइसीयूमा एक सय र भेन्टीलेटरमा २६ संक्रमित उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २८९ जना उपचारपछि निको भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिभिन्न प्रयोगशाला ४ हजार ८३१ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १३३ र ५ हजार ४१ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४८ जनाको गरी कुल ९ हजार ८७२ परीक्षण गर्दा २७४ जनाको पोजेटिभ आएको हो ।