वरिष्ठ नर्स श्रेष्ठलाई ’नाइटिंगेल नर्सिङ अवार्ड’

44

सकुशल खवर…..

nursing

२०७८ जेष्ठ २, काठमाडौँ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिंगेल नर्सिङ अवार्डबाट सम्मानित भएकी छिन । आयोजित कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेको छ ।

हाल श्रेष्ठत्रिभुवन विश्वविद्यालय टिचिङ् अस्पताल महाराजगञ्जमा नर्सिङ प्रमुख, आईसीयू विभागमा कार्यरत छिन ।सम्मानबापत पाएको एक लाख रूपैयाँ आईसीयूमा उपचारार्थ गरिब बिरामीहरुलाई प्रदान गर्ने घोषणा गरिन् । सम्मान ग्रहण गर्दै नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताइन्।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा वरिष्ठ नर्स श्रेष्ठलाइ नगद पुरस्कारसहित नर्सिङ अवार्डबाट सम्मान गरेको हो ।