काठमाडौँ महानगरले स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिने

77

सकुशल खवर.. 
२०७९जेष्ठ २९, काठमाडौं । क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको नवनिर्मित भवनको अनुगमनका क्रममा महानगर प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनु पर्ने बताएका छन । सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस् आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उनले बताए ।

काठमाडौँ महानगरले स्वास्थ्य र सरसफाइमा उच्च चासो दिएको र यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए ।