Friday, July 10, 2020

हाम्रो बारे

समृद्व नेपाल निमाणकाे संवाहक सकुशल पत्रिकाकाे अभियानमा स्वास्थ्य क्षेत्रकाे आमुल परिवर्तन, स्वास्थ्यमा भएका विकृति, विसंगतिहरूलाई निरुत्साहित गर्दै जनताको स्वास्थ्यमा मौलिक हक कसरी प्रदान गर्न सकिन्छ ? आम जनताले आफ्नो स्वास्थ्य आफैले कसरी हेरचाह गर्न सकिन्छ? स्वास्थ्य भएका सत्यतथ्य र यथार्थलाई सूचना मुलक तथा सन्देश मुलक विषयहरूलाई समेटेर अन्तरक्रियात्मक र छलफल गराउदै पृथक ढंगबाट स्वतन्त्र रूपमा कलम उचाल्ने अठोटका साथ सकुशल अनलाईन पत्रिका प्रकाशन गरिरहेको यहाँलाई जानकारी गराउन चाहन्छु । यस मासिक पत्रिकालाई अक नौलो आयाम दिन र सशक्त बनाउन यहाँको उल्लेखनिय भुमिकालाई सदैव स्वागत गदछाै । स्वास्थ्य रहे हामी रहने अनि स्वास्थ र खुसी भए समृद्ध देश हुने । याे अभियानमा पत्रकार लिलाराम थापामगरकाे पहलमा २०७५/०६/२४ गते स्थापना भएकाे हाे । हिमाल र पहाडकाे कुना, कन्दरा देखि तराईका दुर दराजका बस्तीका अाँगनमा अाैषधिकाे सन्देश र जनचेतना लिन र फैलाउन हामी अाउने छाै । हरपहर राज्य र जनतालाई बिउझाउन र समृद्धिकाे बाटाे अग्रसर गराउने अभिभारा सकुशल अनलाईन पत्रिकाले पूरा गराउन तपाईकाे ठाउँमा भएका समाचर,सन्देश र जानकारी हामीलाई पठाउनु हाेला । याे नै तपाईकाे अटुट साथकाे अपेक्षा राख्दछाै ।